आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा धाउन तथा भनसुन गर्न नपाइने – Kanika Khabar
Friday, April 19Nepali News Portal

आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा धाउन तथा भनसुन गर्न नपाइने

    मा प्रकाशित

कनिका खबर
असोज १, काठमाडौं
नेपाल प्रहरीका कुनै पनि अधिकारीले आफ्नो व्यक्तिगत फाइदाका लागि शक्ति केन्द्रमा धाउन तथा भनसुन गर्न नपाउने भएका छन् । नेपाल प्रहरीले जारी गरेको आचारसंहिता सम्बन्धी कार्यादेश, २०७७ मा संगठनको नियमित प्रक्रियामा असर पु¥याउने गरी कोही कसैलाई दबाब दिन वा प्रभावित गर्न निषेध गरिएको हो । कुटनीतिक व्यक्तिसँग भेटघाट गरेर भनसुन गर्न लगाउन पनि रोक लगाइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले सीआईएनसँग बताउनुभयो । कुनै तेस्रो व्यक्तिमार्फत प्रभाव विस्तार गर्ने उद्देश्य वा फाइदाका लागि कुनै विदेशी नागरिकसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्न पनि निषेध गरिएको उहाँले बताउनुभयो । कार्यादेशमा प्रहरी कर्मचारी व्यवसायिक प्रायोजनबाहेक अन्य कारणले मन्त्री वा अन्य सरकारी अधिकारीलाई भेट्न नहुने भनिएको छ । कार्यालय प्रायोजनले भेटघाट तथा समन्वय गर्नु परेमा प्रहरी प्रधान कार्यालयबाट स्वीकृति लिनुपर्ने भनिएको छ । विभागीय अधिकारीसँगको भेटका लागि पनि सिलसिलेवार रुपमा रिपोर्ट गर्नुपर्ने भनिएको छ । आफ्नो जिम्मेवारी तथा व्यवसायिक गोपनीयता कायम गर्न पनि भनिएको छ । कुनै प्रहरी कारबाहीका क्रममा बल प्रयोग गर्नुपर्ने भए आवश्यकता अनुसार जवाफदेही भएर न्यूनतम बल प्रयोग गर्नुपर्ने भनिएको छ । राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संघ, संगठनका पदाधिकारी वा अन्य व्यक्तिसँग भेट गर्दा अनुमतिलाई अनिवार्य गरिएको छ । भेट भइसकेपछि छलफल भएका विषयबारे संस्थागत प्रयोगका लागि अभिलेख राख्नुपर्ने भनिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्