कनिका खबर
असोज १, काठमाडौं
सरकारले लम्पी स्किन रोगबाट धेरै गाइभैँसी बिरामी पर्ने, मर्न सक्ने तथा दूध उत्पादनमा घट्न सक्ने जनाउँदै सचेतना अपनाउन सवै स्थानीय तहलाई आग्रह गरेको छ । कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गर्दै यस्तो आग्रह गरेको हो । रोग देखापरेका क्षेत्रमा सङ्क्रमित गाइभैँसीको ओसारपसार नियन्त्रण गर्न, गोठ वरिपरिको वातावरण सफा राख्न, असल पशुपालन अभियान तथा असल भेटेरिनरी अभ्यासको पालना गर्न गराउन मन्त्रालयले अनुरोध गरेको छ । रोगको चिन्ह तथा लक्षण देखापरेमा नमुना संकलन गरी नजिको पशुपन्छी रोग अन्वेषण प्रयोगशलामा परिक्षणका लागि पठाउन स्थानीय तहलाई आग्रह गरिएको मन्त्रालयका बरिष्ठ पशु चिकित्सक डाक्टर बरुण शर्माले सीआईएनलाई जानकारी दिनुभयो । रोगको अवस्था सम्बन्धमा पशु सेवा विभागमा तत्काल जानकारी गराउन, रोगको लक्षणमा आधारित उपचार गर्न तथा थप प्राविधिक सहायता र पृष्ठपोषणका लागि पशु सेवा विभागमा सम्पर्क गर्न पनि मन्त्रालयले सबै स्थानयि तहलाई आग्रह गरेको छ ।
मा प्रकाशित