नेपाल प्रहरीको जागिर राजिनामा पछि कुवँर दम्पतीले शुरु गरे ह्याचरी उद्योग – Kanika Khabar
Thursday, March 28Nepali News Portal

नेपाल प्रहरीको जागिर राजिनामा पछि कुवँर दम्पतीले शुरु गरे ह्याचरी उद्योग

    मा प्रकाशित

कनिका खबर
असोज १, बैतडी
बैतडीमा ह्याचरी उद्योग सञ्चालनमा आएको छ । जिल्लाको पाटन नगरापालिका ८ खोड्पे बजारमा स्थानिय जातका कुखुराका चल्लाहरु उत्पादन गर्ने ह्याचरी उद्योग सञ्चालनमा आएको हो । करिब १३ लाखको लागतमा जिल्लामै सबै भन्दा बढि उत्पादन क्षमता भएको ह्याचरी उद्योग सञ्चालनमा ल्याएको रोशनी ह्याचरी उद्योगका सञ्चालक टेक बहादुर कुवँर जानकारी दिनुभयो । बजारमा स्थानिय जातका कुखुराको माग अत्याधिक रहेकाले आफुले ह्याचरी उद्योग सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो । निजि क्षत्रबाटै १३ लाखको लगानीमा सञ्चालन गरेको ह्याचरीमा तिन जनाले काम पाएका छन् । यसअघि सञ्चालक कुवँर र उनकी श्रीमती रोशनी कुवँर नेपाल प्रहरीमा कार्यरत थिए । करिब ४ बर्ष अघि नेपाल प्रहरीको जागरिबाट राजीनामा गरेका उनले अहिले ह्याचरी ब्यवसाय सञ्चालन गरेका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्