मेरुदण्ड भाँचिदा ५० लाख खर्च, परिवार सडकमा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मेरुदण्ड भाँचिदा ५० लाख खर्च, परिवार सडकमा

    मा प्रकाशित

कनिका खबर
असोज १, बाँके
जुम्ला चन्दननाथ नगरपालिका वडा नं. ७ का कर्मकली रावलको परिवार अहिले सडकमा आईपुगेको छ । रावलको जुम्लामा कुनै बेला आफ्नै खेतबारी र ट्याक्टर थियो । तीनभाई छोराका साथ खुशी र सन्तोषले जीविकोर्पाजन गरिरहनुभएका रावल अहिले सुकुम्बासी बन्नुभएको छ । रावल परिवार अहिले कोहलपुर–११ को सुकुम्बासी बस्तीमा बस्दै आएको छ । रावलका माईला छोरा हरिचन्द्र रावलको २०७३ फागुन २८ गते आफंैले चलाएको ट्याक्टर दुर्घटना हुँदा मेरुदण्ड भाँचियो । मेरुदण्ड भाँचिएका रावलको उपचार गर्नका लागि परिवारले घर जग्गा सबै सम्पती बेचेर अहिलेसम्म ५० लाख खर्च गरिसकेको छ । जुम्लामा जग्गाको मूल्य धेरै नपाएपछि ऋण गरी अहिलेसम्म उपचारका लागि ५० लाख खर्च भएको आमा कर्मकली रावलले बताउनुभयो । दुर्घटनामा परी मेरुदण्ड भाँचिएका रावललाई नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज, भारतको लखनउस्थित समरा अस्पताल हुँदै काठमाण्डौं, काभ्रे लगायतका ठाउँहरूमा उपचार गर्दा पनि स्वास्थ्य अवस्था ठिक नभएको आमा कर्मकलीको भनाइ छ । आम्दानीको बाटो नभएपछि पछिल्लो समय आमा रावलले बेसार बेच्दै आउनुभएको छ । तर कोरोना भाईरसका कारण बेसार बेच्न पनि बन्द भएपछि अहिले बिहान बेलुकाको छाक टार्न समेत मुस्किल भएको रावलको भनाइ छ । रावलका कान्छा छोरा बिन्दास रावलले दाई हरिचन्द्र ट्याक्टर दुर्घटनामा परी मेरुदण्ड भाँचिएपछि परिवारमा ठुलो संकट आईपरेको बताउनुभयो । दाईको उपचारका लागि घरजग्गा नै बेचेर अन्य ऋण गरेर अहिलेसम्म उपचार गर्दा समेत सन्चो नभएको भन्दै उहाँले सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । २०७१ सालमा विवाह गर्नुभएका हरिचन्द्रको श्रीमति र एकजना छोरी थिइन् । दुर्घटनापछि श्रीमतिले छोडेर अर्कोसँग विवाह गरेको उहाँले बताउनुभयो । श्रीमतिले छोडेपनि ५ वर्षिया छोरी शिवलक्ष्मी भने आफूसँगै रहेको उहाँको भनाइ छ । घाइते हरिचन्द्रलाई दिसापिसाब गराउन समस्या हुने परिवारको भनाइ छ । आवाज समेत प्रष्ट नबुझिने छ । सहयोगका लागि परिवारले सबैसँग आग्रह समेत गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्