कपिलवस्तुमा २ जनामा कोरोना सङ्क्रमण, संक्रमित २ युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए – Kanika Khabar
Friday, April 19Nepali News Portal

कपिलवस्तुमा २ जनामा कोरोना सङ्क्रमण, संक्रमित २ युवक मुम्बईबाट लुक्दै नेपाल छिरेका थिए

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख २५, दाङ ।
आज बिहीबार कपिलवस्तु जिल्लामा दुई जनामा कोरोना सङ्क्रमण भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरु मायादेवी गाउँपालिका वडा नं. १ पकडीमा रहेको छत्रपाली तिर्थादेवी माविको क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण  भएको थियो । उनीहरु भारतको मुम्बईबाट एक साताअघि लुकीछिपी जिल्ला आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिएका छन् ।

कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । यसअघि कपिलवस्तुको छिमेकी जिल्ला रुपन्देहीमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १ पुगेको छ । तीमध्ये १९ जना निको भएर घर फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्