गजल – Kanika Khabar
Monday, October 14Nepali News Portal

गजल

    मा प्रकाशित


चप्पल नहुनेहरुलाई कार चढाउने यही लोकतन्त्र।
बिना डुङ्गा ठुलो जङ्घार तराउने यही लोकतन्त्र।
यो लोकतन्त्र फापेकै छ दुई पर खान नपुग्नेलाई,
फरिया फेर्न नसक्नेले हार लगाउने यही लोकतन्त्र।
केही पनि परिवर्तन भएन भनेर कसले भन्छ यहाँ,
सुन्दर बाली मासेर झार जमाउने यही लोकतन्त्र।
जनताबाट तिरस्कृत भएर के भो र नेताहरुलाई ,
निर्बाचन हरुवाहरुलाई पार लाउने यही लोकतन्त्र।
दोषीलाई फूलको माला निर्दोष कठघरामा राख्दै,
सज्जनलाई रुवाई गद्दार हँसाउने यही लोकतन्त्र।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्