रेलवे बिभागले खरिद गरेको रेल आज नेपाल आइपुग्दै – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

रेलवे बिभागले खरिद गरेको रेल आज नेपाल आइपुग्दै

    मा प्रकाशित

कनिका खबर
असोज २, काठमाडौं

रेलवे विभागले करिब ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग खरिद गरेको रेलको दुई सेट आज नेपाल आईपुग्दै छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आज अपरान्हसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ । नेपाल रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुईवटा ट्रेन जयनगर जनकपुरका लागि हिँडिसकेको छ । रेलका दुवै सेट बुझ्न रेलवे कम्पनी र विभागका उच्च अधिकारीहरू पनि काठमाडौंबाट जनकपुरका लागि हिजो नै हिंडिसकेको रेलवे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्