शंकास्पद मृत्यु भएका व्यक्तिको पिसिआर नगर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन काँग्रेसको माग – Kanika Khabar
Sunday, October 11Nepali News Portal

शंकास्पद मृत्यु भएका व्यक्तिको पिसिआर नगर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन काँग्रेसको माग

    मा प्रकाशित

कनिका खबर
असोज २, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शंकास्पद मृत्यु भएका व्यक्तिको कोरोना परीक्षण नगर्ने सरकारको पछिल्लो निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले हिजो विज्ञप्तिमार्फत् शंकास्पद मृत्यु भएका व्यक्तिको परीक्षण गरिनु झनै जरुरी रहेको जनाउँदै आफ्नो परिवारक सदस्यको मृत्यु हुनाको वास्तविक कारण थाहा पाउनु नागरिकको अधिकारको कुरा भएको बताउनुभएको छ । परीक्षणबाट मृतकमा सङ्क्रमण पुष्टि भए निकटस्थको परीक्षण गरेर अरुलाई बचाउने सकिने जनाउँदै पार्टीले शंकास्पद मृत्युको परीक्षणबाट ‘रिपोर्ट नेगेटिभ’ आए मृत्युपछिको एक अर्को मानसिक तनावबाट परिवारजन मुक्त हुनसक्ने स्पष्ट गरेको छ, विज्ञप्तीमा भनिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्