सुत्केरी महिलाहरुलाई उप प्रमुखको कोशेली कार्यक्रम सुरु – Kanika Khabar
Tuesday, May 24Nepali News Portal

सुत्केरी महिलाहरुलाई उप प्रमुखको कोशेली कार्यक्रम सुरु

    मा प्रकाशित

कनिका खबर
असोज २, बाजुरा ।
बाजुराको बुढीनन्दा नगरपालिकाले यस बर्षका लागि तय गरेको गर्भवती तथा सुत्केरी महिलाहरुलाई उप–प्रमुखको कोशेली कार्यक्रमको हिजो एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बुढीनन्दा नगरपालिका भित्रका सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने उदेश्यले लागु गरिएको कार्यक्रमको आज सुदुरपश्चिम प्रदेशका सांसद बलदेव रेग्मीले सुभारम्भ गर्नुभयो । नगरउपप्रमुख सृष्टि रेग्मीको अध्यक्षतामा आयोजित कार्यक्रममा सांसद रेग्मीले बुढीनन्दा नगरपालिका वडा नं ३ की शितलपुरा विकका आफन्तलाई उपप्रमुखका तर्फबाट प्रदान गरिएको कोेशेली हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख कोशेली कार्यक्रममा वोल्दै सुदुरपश्चिम प्रदेश सांसद रेग्मीले बुढीनन्दा नगरपालिमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीको चाप बढी हुने भएकाले यसलाई २५ शैयाको हस्पीटल बनाउनका लागि सवैले आ आफ्नो तर्फबाट आवश्यक सहयोग गर्नुपर्ने बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्