युरोपेली देशमा कोरोनाको जोखिम थप बढ्दै – Kanika Khabar
Wednesday, July 15Nepali News Portal

युरोपेली देशमा कोरोनाको जोखिम थप बढ्दै

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ
युरोपेली देशमा कोरोना भाइरसको जोखिम थप बढ्न थालेको छ । २ हप्ताको तथ्यांक हेर्दा युरोपेली देशमा सङ्क्रमित हुनेको संख्या दोब्बर छ । अझै जोखिम बढ्न सक्ने अनुमान गर्दै सचेत रहन विश्व स्वास्थ्य संगठन डब्लुयूएचओले सचेत गराएको छ । संगठनका क्षेत्रीय निर्देशक ह्यांस लुगेले गएको दुई हप्तामा युरोपेली देशमा कोरोनो भाइरसको सङ्क्रमण दोब्बरले बढेको बताउदै युरोपेली देशका लागि कठिन घडी आएको बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । दुई हप्तामा युरोपमा कारोना भाइरसका ३ लाख नयाँ सङ्क्रमित भेटिएको पनि उहाँले बताउनुभएको छ । यस्तै, विश्वमा कोरोना सङ्क्रमितको संख्या ३ करोड ३ लाख ४० हजार नाघेको छ । यसमध्ये दुई करोड २० लाख ३० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने ९ लाख ५० हजारभन्दा धेरैको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्