गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु – Kanika Khabar
Thursday, May 15Nepali News Portal

गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

    मा प्रकाशित

सन्तोषकुमार गुप्ता

दाङ, असोज २ ।

दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनकोको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ बर्षिय प्रकाश कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।

आज बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । ठक्करबाट घाइते कुंवरको अवेर मात्र उद्वार भएको थियोे । कुँवरको उपचारको क्रममा शुक्रवार बिहान ७ बजे लमहीमा मृत्यु भएको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्