रोल्पाको माडी गाउँपालिका विद्यालय भौतिक रुपमा सञ्चालन – Kanika Khabar
Friday, March 29Nepali News Portal

रोल्पाको माडी गाउँपालिका विद्यालय भौतिक रुपमा सञ्चालन

    मा प्रकाशित

कनिका खबर
रोल्पा, असोज २ ।

रोल्पाको माडी गाउँपालिकाका विद्यालयहरु विहीवारबाट सञ्चालनमा आएका छन् । कोभिड १९ को महामारीका कारण झण्डै ६ महिनादेखि विद्यालयहरु बन्द रहेका छन् ।

भदौ १९ गते बसेको मन्त्रीपरिषद्को निर्णय तथा सोहीवमोजिमको निर्देशिका वमोजिम गाउँ शिक्षा समितिको बैठकले असोज १ बाट विद्यालय खोल्ने निर्णय गरेपछि माडी गाउँपालिकामा विद्यालय खुलेका हुन् ।
विद्यालय सञ्चालनमा आएपछि बालबालिकाहरु विद्यालय पढ्न आउन थालेको माडी गाउँपालिका शिक्षा शाखा प्रमुख परशुराम ढकालले जानकारी दिएका छन् ।

कोेरोना भाइरसको संक्रमणबाट बच्नका लागि सुरक्षाको सम्पूर्ण मापदण्ड पु¥याएर विद्यालयलाई सञ्चालन गरिएको शिक्षा समितिका अध्यक्ष समेत रहेका माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनले जानकारी दिएका छन् ।

लामो समयसम्म विद्यालय सञ्चालन नहँुदा बिद्यार्थीको पढाइमा नराम्रो असर पर्न गएकाले गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुनले बताए । ‘गाउँमा कोरोना संक्रमित छैनन्, जसका कारण जोखिम छैन’–अध्यक्ष पुनले भने–‘कोरोनाको डरले बस्नुभन्दा सुरक्षा सावधानी अपनाएर खोल्ने निर्णय गरेका हौँ ।’

संक्रमणको लक्षण देखिएमा तत्काल बन्द गर्ने र त्यो स्थानलाई सिल गर्ने गरी व्यवस्था मिलाएकाले विद्यार्थीहरु पनि ढुक्क भएर आउनसमेत गाउँपालिकाले आग्रह गरेको छ ।
बढी विद्यार्थी भएका विद्यालय तथा फरक समुदायबाट आउने विद्यालयमा विद्यार्थीको पालो लगाएर पढाउने व्यवस्था मिलाइएको छ । गाउँपालिकमा ३३ वटा समुदायिक विद्यालय तथा २ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्