‘नेपाली कांग्रेसमा युवाहरूको भुमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

‘नेपाली कांग्रेसमा युवाहरूको भुमिका’ विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।


बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च क्षेत्र नं.२ को आयोजनामा २३ औं गणेशमान सिंह स्मृति दिवसको अबसरमा ‘नेपाली कांग्रेसमा युवाहरूको भुमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मञ्च क्षेत्र नं. २ का अध्यक्ष लेखनाथ बुढाथोकीको अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका उपसभापति कमानसिङ भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले गणेशमानको व्यक्तित्व तथा योगदानका बारेमा चर्चा गरेका थिए ।


कार्यक्रममा विशिष्ट अतिथि तथा दाङ काङ्ग्रेसका सचिव शंकरप्रसाद डांगी, विशिष्ट अतिथि तथा दाङ काङ्ग्रेसको कोषाध्यक्ष साबित्रा राना नेपाली कांग्रेस जिल्ला सदस्य निर्मल न्यौपाने,नेपाल शिक्षक संघ प्रदेश नं.५का अध्यक्ष एवम् नेपाली कांग्रेस दाङ जिल्ला सदस्य अर्जुन योगी,तुलसीपुर उपमहानगर पालिका वडा नं. १७ का सभापति लालबहादुर गिरी, घोराही उपमहानगर पालिका ७ का सभापति कर्णबहादुर बुढाथोकी , बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च दाङ जिल्ला अध्यक्ष सरोज शाह ,बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च जिल्ला सदस्यहरु बलदेव मल्ल, जगत जिएम लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सहजीकरण बिपी कोइराला युवा नेतृत्व बिकास मञ्च क्षेत्र नं. २ को सचिव दर्शना परियारले गरेकी थिइन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्