भालुको आक्रमणबाट एक जनाको मृत्यु, ४ जना घाइते – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

भालुको आक्रमणबाट एक जनाको मृत्यु, ४ जना घाइते

    मा प्रकाशित

 

सुबास दर्नाल

असोज २, सोलुखुम्बु ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ मा भालुको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । जंगलमा मालिङ्गो काट्न गएका स्थानीयलाई भालुले आक्रमण गरी घाइते बनाएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालकाअनुसार घाइते भएकालाई उद्धार गरी उपचारको लागि स्वास्थ्य चौकी छैस्काम लैजादै गर्दा एक जनाको बाटोमै मृत्यु गएको हो । मृत्यु हुनेमा महाकुलुङ ३ छेस्कामका ३६ वर्षका प्रेम कुलुङ रहेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए ।

अन्य घाइते हुनेहरुमा मृतककै भाइ २२ वर्षकाचतुर कुलुङ, सोही गाउँपालिका वडा नम्बर ४ का वर्ष १९ का प्रेम कुलुङ, सोही वडा निवासी वर्ष २५ का सुजन कुलुङ र वर्ष १९ का सन्तबहादुर कुलुङ रहेका छन् । घाइते मध्ये २ जनाको अवस्था सामान्य छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्