संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।

विश्वको सबैभन्दा अग्लो भवन निर्माण हुँदै , बुर्ज खलिफा पनि देखिने छ सानो ।  – eSidhakura
संविधान दिवसको अवसरमा संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको छ । संविधान दिवसको अवसर पारेर भोलि शनिबार युनाइटेड अरब इमिरेट्सको दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने भएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईका लागि नेपाली राजदूतले जनाएको छ ।

बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ । बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्