नेपाल सरकार भन्छ रेल किनेको, भारत भन्छ उपहार दिएको – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

नेपाल सरकार भन्छ रेल किनेको, भारत भन्छ उपहार दिएको

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
हिजो शुक्रबार ‘नेपाल रेल्वे’ लेखिएको रेल नेपाल आएको छ । योसँगै नेपालले अब आफ्नै रेल सेवा उपलब्ध गराउने भएको छ ।
नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार सन् २०१९ मै रेल विभागले कोकन रेल्वे कर्पोरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो । भारत सरकारको मातहतमा रहेको कोकनसँग यो रेल भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा किनिएको बताइएको छ ।

हिजो शुक्रबार १६०० एचपी डेमु रेल २ वटा नेपाल आइपुगेका हुन् ।
रेल प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम आइपुगेसँगै कोकन रेल्वे कर्पोरेसन लिमिटेडका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक भट्टराईलाई दुबै रेल सेट हस्तान्तरण गरेको पत्र बुझाएका थिए ।


यता नेपालमा रेल आएपश्चात भारतका रेलवे तथा कमर्स एन्ड इन्डस्ट्रिज मन्त्री पियुष गोयलले नेपाललाई भारतले २ वटा रेल उपहार दिएको बताएका छन् । उनले सामानिक सञ्जाल ट्विटटरमा ट्विट गर्दै नेपालसँग भारतको प्राचीन सम्बन्ध रहेको र यही सम्बन्धलाई नयाँ आयाम दिनका लागि २ सेट रेल दिएको बताएका छन् ।

नेपाललाई रेल बेच्ने भारतीय कम्पनी कोनकन रेलवे कर्पाेरेशनले पनि नेपाललाई ५२ करोड ४६ लाख भारतीय रुपैयाँमा दुई सेट रेल दिएको स्पष्ट पारेको छ।

‘कोनकन रेलवेले नेपालको रेल विभागको अर्डरअनुसार सफलतापूर्वक दुई सेट डिइएमयु रेल पुर्‌याइदिएको छ। त्यसको मूल्य ५२.२६ करोड भारतीय रुपैयाँ पर्न गएको छ’ कम्पनीले ट्वीट गर्दै भनेको छ ‘यो अवसरका लागि कोनकन रेलवे नेपाल सरकारप्रति कृतज्ञता ज्ञापन गर्दछ।’

यता नेपाल सरकारले रेल किनेको र रेल किन्नका लागि २०१९ मा नै सम्झौता गरेको खुलेको बेला भारत सरकाले यस्तो अभिव्यक्ति दिंदा रेल किनिएको हो या उपहार हो भन्ने कुुरामा शंका उत्पनन भएको छ । यसको वास्तविकताबारे नेपाल सरकारले स्पष्ट पार्न जरुरी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्