संविधान दिवसको अवसर पारेर २८९ कैदीलाई सजाय माफी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

संविधान दिवसको अवसर पारेर २८९ कैदीलाई सजाय माफी

    मा प्रकाशित

कनिका खबर
असोज ३, दाङ ।
संविधान दिवसको अवसर पारेर नेपालमा २८९ जना कैदीलाई सजाय माफी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसर पारेर २८९ कैदीबन्दीको कैद माफी मिनाहा गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले २८९ कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन् ।

नेपालको संविधानको धारा २७६ , फौजदारी कसूर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन, २०७४ तथा फौजदारी कसूर ९कैद कट्टा० नियमावली, २०७६ बमोजिम यही असोज ४ गतेदेखि लागू हुने गरी कैद माफी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालबाट विज्ञप्तिमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्