विभिन्न देशबाट संविधान दिवसका उपलक्ष्यमा शुभकामना – Kanika Khabar
Thursday, March 20Nepali News Portal

विभिन्न देशबाट संविधान दिवसका उपलक्ष्यमा शुभकामना

    मा प्रकाशित

कनिका खबर
असोज ३, दाङ ।
नेपालमा संविधान जारी भएको ५ वर्ष पुगेको छ । संविधान दिवसका उपलक्ष्यमा विश्वका विभिन्न २९ मुलुकका राष्ट्राध्यक्षले शुभकामना सन्देश व्यक्त गरेका छन् ।

संविधान सभाबाट संविधान जारी भएको पाँच वर्ष पूरा भएको अवसरमा २९ मुलुकबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई तथा शुभकामना सन्देश प्राप्त भएका हुन् ।

अष्ट्रेलिया, बङ्गलादेश, बेल्जियम, भुटान, ब्राजिल, क्यानडा, चीन, क्युबा, इजिप्ट, फ्रान्स, होली सी, भारत, गणतन्त्र कोरिया र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले शुभकामना दिएका छन् ।

यस्तै लग्जेम्बर्ग, मालदिभ्स, म्यान्मा, नेदरल्याण्ड्स, निकारागुवा, फिलिपिन्स, पोल्याण्ड, कतार, रुसी महासङ्घ, साउदी अरेबिया, थाइल्याण्ड, टर्की, श्रीलङ्का र स्विट्जरल्याण्डका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखबाट राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई राष्ट्रिय दिवसका अवसरमा बेग्लाबेग्लै बधाई तथा शुभकामना सन्देश प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्