कोरोना महामारीलाई सरकारले अवसरको रूपमा लिएको प्रधानमन्त्रीको भनाइ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना महामारीलाई सरकारले अवसरको रूपमा लिएको प्रधानमन्त्रीको भनाइ

    मा प्रकाशित

कनिका खबर
असोज ३, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को महामारीलाई सरकारले अवसरको रूपमा लिएको बताउनुभएको छ । संविधान दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड १९ सङ्क्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको टिप्पणी गर्नुभयो । महामारी नियन्त्रणका लागि चालिएका कदमहरूको समीक्षा गर्दा अहिलेसम्मको कामको तस्विर उराठलाग्दो नभइ उत्साहजनक देखिएको उहाँको भनाइ छ । ९ माघ २०७६ मा कोभिड १९ को पहिलो केस पहिचान हुँदा पीसीआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएर नमूना विदेश पठाउनु परेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिले देशभर ४७ आरटी पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको जानकारी दिँदै परीक्षणको दैनिक क्षमता २३ हजार ५ सयभन्दा धेरै रहेको बताउनुभयो । जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने सरकारको अनुमानित प्रतिबद्धता पूरा भएको उहाँको भनाइ थियो । नेपालमा हाल आईसीयू बेड क्षमता १५ सय ५१ बाट २६ सय र भेन्टिलेटर ७ सय ७० बाट ९ सय पु¥याइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६ सय ४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको उल्लेख गर्दै प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्