भोजपुरको हतुवागढी गाउँपालीका उपाध्यक्ष चन्द्रमा राईको निधन – Kanika Khabar
Friday, April 19Nepali News Portal

भोजपुरको हतुवागढी गाउँपालीका उपाध्यक्ष चन्द्रमा राईको निधन

    मा प्रकाशित

कनिका खबर
असोज ३, भोजपुर
भोजपुरको हतुवागढी गाउँपालीकाकी उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ । उपाध्यक्ष राईको आज बिहान ४ बजे विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो । केही दिनअघिबाट सामान्य ज्वरो, पखालाबाट बिरामी भएकी राईलाई घोडेटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिन उपचार गरिएको थियो । उपचारका क्रममा उहाँलाई जण्डिससमेत देखिएको थियो । स्वास्थ्यमा सुधारपछि डिस्चार्ज गरिए पनि अचानक रक्तचाप कम भएको र खाना नरुच्ने समस्या देखिएपछि थप उपचारका लागि उहाँलाई धरान पठाइएको थियो । उपाध्यक्ष राईको निधनप्रति गाउँपालिकाले दुःख जनाएको छ । उहाँ तत्कालीन नेकपा एमालेबाट गाउँपाालिका उपाध्यक्षमा निर्वाचित हनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्