संविधान दिवसमा वृद्धा वन्दी रिहा – Kanika Khabar
Thursday, June 19Nepali News Portal

संविधान दिवसमा वृद्धा वन्दी रिहा

    मा प्रकाशित

कनिका खबर
असोज ३, नुवाकोट
संविधान दिवसका अवसरमा नुवाकोटमा वृद्धा बन्दी रिहा भएकी छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै आज नुवाकोट जिल्ला कारागारवाट ती वृद्धा वन्दी रिहा भएकी हुन् । नुवाकोटको तारकेश्वर गाउंपालिका वडा नं. ६ की ५५ वर्षीय कान्छी श्रेष्ठ वांकी कैद मिनाह भएर रिहा भएको कारागार कार्यालय नुवाकोटका प्रमुख दुर्गाप्रसाद वाग्लेले जानकारी दिनुभयो । सरकारले नुवाकोट जिल्ला कारगारसहित केन्द्रीय कारागार, डिल्लीबजार करागार, नख्खुसहित देशका विभिन्न कारागारबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्