सर्लाही सदरमुकाम मलङ्गवामा निषेधाज्ञा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

सर्लाही सदरमुकाम मलङ्गवामा निषेधाज्ञा

    मा प्रकाशित

कनिका खबर
असोज ३,सर्लाही
हिन्दु र मुस्लिम समुदायबीच तनाव बढेपछि सर्लाही सदरमुकाम मलङ्गवामा आज दिउँसो १ः३० बजेदेखि कफ्र्यु लगाइएको छ । हिन्दु समुदायले बिहिवार गरेको विश्वकर्मा पूजाको मूर्ति बिर्सजन गर्न नजिकैको पोखरीमा लाने क्रममा मुस्लिम समुदायका नागरिकले अवरोध गरेपछि मलङ्गवा नगरपालिका–३, विश्वकर्मा चौकमा दोहोरो झडप भएको थियो । झडपमा दुवै पक्षका केही मानिस घाईते भएका थिए । सोही विषयलाई लिएर आज फेरि झडप हुने अवस्था आएपछि कफ्र्यु आदेश जारी गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले दिउँसो १ः३० बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि मलङ्गवा बजार क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्