कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा जान थालेका इन्जिनियरको दुर्घटनामा मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा जान थालेका इन्जिनियरको दुर्घटनामा मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ३, चितवन ।


कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेसनमा जान थालेका एक इन्जिनियरको आज शनिबार मोटर साइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

मकवानपुरको बकैयाका गाउँपालिकाका इन्जिनियर दिपेन्द्र अधिकारी मकवानपुरको रजैयामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । उनी कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बस्न चितवन जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
उनी सबार ना ४९ प २४०० नंबरको मोटरसाईकल र चितवनबाट हेटौँडा आउँदै गरेको बा ३ ख ९६६४ नंबरको मिनिबस एक आपसमा ठक्कर खाँदा अधिकारीको मृत्यु भएको हो ।
उनी बकैया गाउँपालिकामा भुकम्प प्राधिकरणमा कार्यरत थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्