विश्वभर कोरोना सङ्क्रमितको संख्या ३ करोड ९ लाग नाघ्यो – Kanika Khabar
Wednesday, October 5Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमितको संख्या ३ करोड ९ लाग नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
विश्वभर कोरोना सङ्क्रमणको संख्या ३ करोड ९ नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ९० हजार ३७४ जनामा संक्रमण पुष्टि भएसँगै यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ९ लाख ७५ हजार ७५३ पुगेको छ ।

कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ९ लाख ६० हजार ८६३ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १५ हजार ८९३ जनाको मृत्यु भएको छ । ४३ लाख ९८ हजार ३३१ जना संक्रमित भएकोमा २३ लाख ७४ हजार ९४१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ९७ हजार ७११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ८३ लाख १ हजार ९८२ पुगेको छ । त्यसमध्ये ५१ लाख ६० हजार १६२ जना संक्रमणमुक्त भएका छन् ।
एसियाली मुलुकहरूमा १ लाख ७५ हजार ३८८ जनाको मृत्यु भएको छ । ९३ लाख ४८ हजार ५२९ जना संक्रमित भएकोमा ७६ लाख २९ हजार १० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा २ लाख ३७ हजार ७३ जनाको मृत्यु भएको छ । ७४ लाख ८८ हजार ६७६ जना संक्रमित भएकोमा ६२ लाख २५ हजार १३४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा ३३ हजार ८७९ जनाको ज्यान गएको छ भने १४ लाख ५ हजार ९७३ संक्रमित छन् । संक्रमितमध्ये ११ लाख ५३ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् ।
अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ८७९ जनाको मृत्यु भएको छ । ३० हजार ४७९ जना संक्रमित भएकोमा २६ हजार ९३१ जना संक्रमणमुक्त भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्