‘सेल्फ-आइसोलेसन’मा नबस्नेलाई बेलायतले १० हजार पाउण्ड जरिमाना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

‘सेल्फ-आइसोलेसन’मा नबस्नेलाई बेलायतले १० हजार पाउण्ड जरिमाना

    मा प्रकाशित
एजेन्सी
लन्डन, असोज ४

बेलायतले ‘सेल्फ-आइसोलेसन’मा नबस्नेलाई १० हजार पाउण्डसम्मको जरिमाना गर्ने घोषणा गरेको छ।

घोषणा अनुसार कोरोना पोजेटिभ पाइएका र ट्रेसिङका क्रममा संक्रमितको निकटमा आएका सबैजना ‘सेल्फ-आइसोलेसन’मा बस्नुपर्नेछ। यो नियम सेप्टेम्बर २८ बाट लागु हुनेछ।

बिबिसीका अनुसार नयाँ सुरक्षा सावधानीमा निम्न आय भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोग दिने जनाइएको छ। यस्तै ‘सेल्फ-आइसोलेशन’मा बसेकालाई कारवाही गर्ने रोजगारदातालाई जरिमाना तिराइनेछ।

शनिबार बेलायतमा कोरोनाका ४ हजार ४ सय २२ नयाँ संक्रमित फेला परेका थिए भने २७ जनाको मृत्यु भएको छ।

स्टकल्याण्डमा ३ सय ५० नयाँ संक्रमित फेला परेको छन्, जुन मे यताकै सर्वाधिक दैनिक संख्या हो।

यस्तै वेल्स र उत्तरी आयरल्याण्डमा क्रमशः २१२ र २२२ जनामा संक्रमण पुष्टि भएको छ।

नयाँ कानुन अनुसार ‘सेल्फ-आइसोलेसन’मा बस्न अस्वीकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिमाना तिर्नुपर्नेछ भने पटके उल्लघंनकर्ताका लागि यो जरिमाना १० हजार पाउण्डसम्म हुनसक्नेछ।

बेलायतमा अहिलेसम्म ‘सेल्फ-आइसोलेसन’लाई एउटा निर्देशनका रूपमा मात्र राखिएको थियो, दण्डनीय बनाइएको थिएन।

नयाँ नियमको घोषणा गर्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोना भाइरस विरूद्धको लडाईंका लागि उत्कृष्ट तरिका भएको बताएका छन्।

जोनसनले शुक्रबार बेलायतमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउनसक्ने भन्दै अहिलेकै अवस्थामा पनि लहरको अनुभव गर्न थालिएको बताएका थिए।

कोरोनाको कम जोखिम भएका भनेर सूचिकृत गरिएका बाहेकका मुलुकबाट बेलायत आउने सबैले १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने नियम बेलायतले बनाएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्