युवा वर्गलाई उपेक्षा गर्नु हुँदैन : अध्यक्ष कँडेल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

युवा वर्गलाई उपेक्षा गर्नु हुँदैन : अध्यक्ष कँडेल

    मा प्रकाशित

सिसहनियाँ ३ असोज ।
ग्लोबल युथ क्लवका अध्यक्ष रमेश कँडेलले युवाशक्ति देश विकासको सम्बाहक भएकोले युबा वर्गलाई उपेक्षा गर्न नहुने बताएका छन् । छैटौ संविधान दिवस २०७७ का अवसरमा हिजो शनिबार भर्चुअल विधिबाट भएको अन्तरक्रिया कार्यक्रममा क्लवका अध्यक्ष कंडेलले सो कुरा बताएका हुन् ।
अध्यक्ष कँडेलले संबिधान एक गतिशील दस्ताबेज भएकाले समयको माग र जनताको आवश्यकता अनुरुप परिमार्जन गर्दै लैजानुपर्ने बताए । त्यस्तै उनले विश्वकै नमुना संबिधान नेपालकै संविधान भएकाले सघन कार्यान्वयनमा जोड दिनुपर्ने, असन्तुस्ट पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने र आम नागरिकले अनुभुती गर्न सक्ने खालको परिवर्तनलाई अंगिकार गर्न सक्नु पर्ने बताएका छन् । क्लवका अध्यक्ष कंडेलकै अध्यक्षमा भएको कार्यक्रममा क्लवकी उपाध्यक्ष पवित्रा विक, क्लवका शुभचिन्तक माधव खनाल, सन्तोषकुमार गुप्ता, सदस्यहरु मालती गौतम, विन्दु गिरी, हेमराज अधिकारी, शोवितजंग शाही लगायतकाले आ आफनो विचार राख्नुका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण क्लवका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्