सुत्केरीलाई अण्डा र नगद वितरण – Kanika Khabar
Monday, October 14Nepali News Portal

सुत्केरीलाई अण्डा र नगद वितरण

    मा प्रकाशित

कनिका खबर
असोज ४, नुवाकोट
हिमाली रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा शिशु तथा मातृ मृत्युदर घटाउन स्वास्थ्य संस्थामा सुत्केरी गराउने अभियान सञ्चालन गरिएको छ । संस्थागत रूपमा सुत्केरी गराउनेलाई दुई क्रेट अण्डा तथा थप एक हजार रुपैयाँ रकम वितरण कार्य सुरु भएको छ । संस्थागत सुत्केरीको दर बढाउने, गर्भवती तथा सुत्केरी आमाको पोषण सुधार गर्ने र शिशु मृत्युदरमा कमि ल्याउन लागि गाउँपालिकाले यहि असोज १ गतेदेखि अण्डा झण्डा तथा नगद वितरण कार्यक्रम सुरु गरेको हो । गाउँपालिकाले ६ वटै वडाका ७ वटा स्वास्थ्य संस्थामा कार्यक्रम लागू भएको जनाएको छ । यस कार्यक्रमले पोषणमा सुधार आउनुको साथै संस्थागत रूपमा सुत्केरी गराउने दर बढ्ने स्वास्थ्य शाखाले जनाएको छ । पहिलो पटक गर्भजाँच गराउन आउँदा एक क्रेट र अन्तिम अथवा चौथो पटक गर्भजाँच गर्न आउँदा थप एक क्रेट अन्डा उपलब्ध गराउन सुरु भएको छ । स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेका अनुसार गाउँपालिकामा स्वास्थ्य संस्थामा सुत्केरी गराउनेको दर न्यून रहेको छ । गत आर्थिक वर्ष २०७६/०७७ को तथ्यांक अनुसार गाउँपालिकाभित्र १ सय १४ मध्ये ४२ जनाले चार पटकसम्म गर्भजाँच गरेका थिए । जसमध्ये २१ जनाले मात्र संस्थागत सुत्केरी गराएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्