तितेपातीको व्यवसायिक तेल उत्पादन शुरु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

तितेपातीको व्यवसायिक तेल उत्पादन शुरु

    मा प्रकाशित

कनिका खबर
असोज ४, लम्जुङ
लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८, घाम्राङबेसीमा तितेपातीको व्यवसायिक तेल उत्पादन शुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । साबिकको भोजे गाविसको मिदीम नदी किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन गतवर्ष नै गरी सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताउुभयो । उहाँका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निकाल्ने गरिएको छ । प्रतिकेजी चार रुपैयाँका दरले स्थानीयसँग तितेपाती खरिद गर्ने गरिएको छ । गुरुङका अनुसार, तितेपाती पेल्ने मेसिन जडानका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ । १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चार जनाले संकलन गरी सञ्चालन गरिएको हो । उत्पादित तेल अमेरिका, जापान र युरोपका देशहरुका विक्री हुने गरेको छ । एक बाहन तेल निस्कन चार घण्टाको समय लाग्छ । त्यसपछिका तीन घण्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ । एक बाहनका लागि ५ डोको दाउरा लाग्ने र त्यो प्रति भारी १८ सयमा किन्ने गरिएको छ । दुई जनाले पूरा समय र एकजनाले आंशिक समयका लागि रोजगारी पाएका छन् । दिनमा सात जनादेखि १५ जनासम्मले तितेपाती संकलन गरेर कम्पनीमा ल्याउने काम गर्ने कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताउनुभयो । हर्बो सेन्टरले गाउँमा तीतेपातीसँगै अब रोजमरी, तुलसी, जेनेमियमको तेल पनि उत्पादन गर्न थाल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्