भौतिक रुपमा विद्यालय सञ्चालन सुरु – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

भौतिक रुपमा विद्यालय सञ्चालन सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।

कोभिड १९ को महामारीका कारण शिक्षालयहरु बन्द भएको झण्डै ६ महिना पुगेको छ । नयाँ शैक्षिक सत्रको सुरुवात भएको ५ महिनापछि दाङका केही विद्यालयहरुले भौतिक कक्षा सञ्चालनको सुरुआत गरेका छन् ।
नेपाल सरकार शिक्षा तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो । घोराही उपमहानगरपालिकाको नगर शिक्षा समितिको भाद्र ३१ गते बसेको बैठकले असोज ५ गतेसम्म विद्यालय सञ्चालनका लागि केही मापदण्ड तयार पारेको हो । शिक्षा उपमहाशाखाले विद्यालय सञ्चालनका लागि कार्ययोजना तयार पारी महाशाखामा पेस गर्ने पत्राचार गरिसकेको छ । विद्यालयले कार्ययोजना पेस गरी शिक्षा महाशाखाको अनुमति लिएर विद्यालय सञ्चालन गर्ने बाटो खुलेको छ । यतिबेला अधिकांश विद्यालयहरु कार्ययोजना तयार गर्नमा व्यस्त रेहका छन् ।

दाङका केही विद्यालयहरु भौतिक रुपमा सञ्चालनमा आइसकेका छन् । असोज १ गतेदेखि नै घोराहीका श्री मावि रझेना  भौतिक रुपमा सञ्चालानमा आएको छ। आज आइतबारदेखि नै हापुर माध्यमिक विद्यालय निघुवार दाङ र हिन्दुविद्यापीठ नेपालले पनि भौतिक रुपमा सञ्चालन गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्