मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ४, मुगु ।

मुगुमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोंग गाउँपालिका वडा नं ४ किम्रीका अन्दाजी वर्ष ३१ का आङधाक तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
कार्यालयका अनुसार सोही गाउपालिकाको वडा नं ३ स्थित पोमुङ लाक्पा जंगलमा झोपा गाई चराउन गएको अवस्थामा करिब ४० मिटर तल खसि भीर बाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार मृत्यु असोज १ गते भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्