युवराज भण्डारी
असोज ४, हुम्ला ।
गएको भाद्र १७ गते परेको चौदसी मेला हेर्न गएका सोरु ६ का २ जना बालक बेपता भएका छन । अनन्ते पुर्र्णीमा लाग्ने समयमा मुगुको सोरु गाउँपालिकाको २ मा पनि चौदसी मेलाको रुपमा मनाउने गरिन्छ । सोही मेला हेर्न भनी गएका मुगु सोरु ६ का गङग सीङ नेपालीका छोरा कवि नेपाली र उतm वडाका मानबीर नेपालीका छोरा चुफान नेपाली बेपता भएका हुन ।
बेपता भएका दुबै जना १६ वर्ष तलका बालक रहेको सोरु बाट खडक बादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार धार्मीक परम्परागत रुपमा मनाईदै आएको चौदसी मेला सोरुको नाथर्पुमा लाग्ने गर्दछ । सोरु ६ को पुरुमुरु बाट करीब १ घण्टाको पैदल यात्रा बाट चौदसी मेला लाग्ने ठाउ नाथप्रु पुगिन्छ ।


