बङ्गुर पालेरै लाखौं आम्दानी – Kanika Khabar
Wednesday, April 17Nepali News Portal

बङ्गुर पालेरै लाखौं आम्दानी

    मा प्रकाशित

सुशीला वली
असोज ८ , दाङ ।
मिहेनत गरे आफ्नै ठाउँमा सजिलै आम्दानी गर्न सकिन्छ, सफलताको स्वाद चाख्न भौंतारिंदै परदेशिनु पर्दैन । दाङका एकजना युवा त्यसैको उदाहरण बनेका छन् । दाङको घोराही उपमहानगरपालिका, ७ राजपुरका टोपबहादुर बुढाथोकीले व्यवसायीक रुपमा बङ्गुर पालन गर्दै आएका छन् ।
बबई बहुउद्देश्यीय कृषि तथा पशुपंक्षी पालन फार्म स्थापना गरी बङ्गुर पाल्न थालेपछि आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ । उनले असार महिनामा मात्रै बङ्गुरको पाठा र मासु बिक्री गरेर तीन लाख बढी आम्दानी गर्न सफल भएका छन् । समाजशास्त्रमा स्नातक गरेका बुढाथोकीको दैनिकी बङ्गुरको रेखदेखमा बितिरहेको छ । ३८ वर्षका बुढाथोकीले २ वर्षअघि ८ लाख रपैयाँ लगानी गरेर २७ वटा बङ्गुरबाट व्यवसाय सुरु गरेका हुन् । अहिले फार्ममा लगानी १३ लाख रुपैयाँ पुगेको छ । इच्छाशक्ति र मिहेनत भए सफलताका लागि विदेशिनु नपर्ने र अरुसँग काम माग्नु नपर्ने बुढाथोकीको भनाइ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्