मुख्यमन्त्री शंकर पोख्रेलद्वारा कुलपानी क्षेत्रको अवलोकन – Kanika Khabar
Sunday, October 6Nepali News Portal

मुख्यमन्त्री शंकर पोख्रेलद्वारा कुलपानी क्षेत्रको अवलोकन

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
असोज ४, बडहरा(देउखुरी दाङ) ।
धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको कुलपानी क्षेत्रको ५ नं प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले अवलोकन गरेका छन् ।
दाङको गढवा गाउपालिका वडा नं १ बडहरामा पर्ने कुलपानी क्षेत्रको विकासमा प्रदेश सरकार, स्थानीय सरकार र केन्द्र सरकारले गर्न सक्ने नयाँ योजना तथा क्रियाकलापको बारेमा अवलोकन गर्न मुख्य मन्त्री शंकर पोख्रेलले सो क्षेत्रको अवलोकन गरेका हुन् ।
प्राकृतिक तथा धार्मिक दृष्टिले मनोरम र सुन्दर कुलपानी क्षेत्रको विकासमा वडहरा गाउँ तथा कुलपानी सामुदायिक समूहले हालसम्म गरेको कामको प्रशंसा गर्दै मुख्य मन्त्री शंकर पोख्रेलले आगामी दिनमा राज्यको तर्फवाट लगानी गरिने बताएका छन् ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको अनुरोधमा मुख्य मन्त्रि शंकर पोख्रेलले सो कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकास तथा पर्वर्धनमा चासो बढाएका हुन् ।
गढवा गाउँपालिकाको धार्मिक तथा पर्यटकीय स्थलहरुमध्ये सुगमतता तथा सुन्दरताको उत्कृष्टता क्षेत्रको रुपमा परिचित कुलपानी धार्मिक तथा पर्यटकीय स्थलको मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेश सभा सदस्य तथा नगर प्रमुख, पालिका अध्यक्षहरुले चासोका साथ विकासको लागि लागि पर्ने बताएको समुहका अध्यक्ष नमराज शर्माले बताए ।
एक कार्यक्रमको आयोजनामा कुलपानी धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण तथा विकासमा भुमिका खेलिरहेको वन समुहको तर्फवाट अध्यक्ष नवराज शर्माले मुख्यमन्त्री शंकर पोख्रेललाई निवेदन माग पत्र समेत हस्तान्तरण गरे । समुहका सल्लाहकार देवलाल यादव तथा सचिव दिलबसी विकले अवलोकनमा मुख्यमन्त्री, मन्त्रीहरु तथा नगर प्रमुख, पालिका अध्यक्षहरुको आगमनलाई स्वागत योग्य भन्दै धन्यवाद समेत ब्यक्त गरेका थिए ।
आजै मुख्य मन्त्रि पोख्रेलले गढवाको सर्पदंश उपचार केन्द्रको उद्धाटन समेत गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्