आजबाट आन्तरिक उडान सुरु – Kanika Khabar
Friday, March 29Nepali News Portal

आजबाट आन्तरिक उडान सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं
लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुरु हुँदैछ । गएको चैत १० गतेबाट बन्द भएको आन्तरिक उडान आजबाट सूचारु हुन लागेको हो । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका अनुसार आजबाट उडान खुलेपनि २५ प्रतिशत मात्रै उडान अनुमति दिइएको छ । मन्त्रालयका सह प्रवक्ता राजन पौडेलले सीआईएनसँग भन्नुभयो, ‘लामो समयदेखि हवाई उडान बन्द हुँदाको अवस्थादेखि हामी हवाई उडान सूचारु गर्ने अवस्थामा आयपुगेका छौं ।’ हवाई उडान सुरु हुँदैगर्दा यात्रुहरूले विशेष सावधानी अपनाउनुपर्ने पौडेलले बताउनुभयो । सुरु हुने उडानमा अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय पनि कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण अब यात्रु जहाज उड्ने समय भन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ । अब सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ भने विमानस्थल भित्र भौतिक दूरी कायम गर्नुपर्ने गरि मापदण्ड बनाईएको मन्त्रालयले जनाएको छ । पौडेलले अगाडी भन्नुभयो, ‘यात्रु महानुभावहरूले सकेसम्म दुरी पालना गर्ने, मास्क, स्यानिटाइजरको उचित प्रयोग गर्ने लगायतका स्वास्थ्य प्रोटोकलहरूको पालना गरिदिनुभयो भने हामी सबै सुरक्षित रहन सक्थ्यौं ।’ उहाँले थप्नुभयो, ‘र, यो अवस्थामा आजबाट २५ प्रतिशत उडानको अनुमति दिइएको छ । जुन आधारमा यात्रुहरूको चाप बढ्दै जान्छ, यात्रुहरूको चाप बढेको आधारमा उडानको अनुमति खुकुलो हुँदै जाने र बढिभन्दा बढि फ्लाइटहरू हुने अवस्था सृजना हुन सक्छ । अब यसलाईचाहिँ पर्ख र हेरको अवस्थामा पनि हामीले राखेका छौं ।’स्वास्थ्य सुरक्षाको मापदण्ड पालनमा विशेष जोड दिइएको मन्त्रालयले जनाएको छ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ । यस्तै विमानभित्र हिँडडुल गर्न पनि निषेध गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्