दाङ प्रहरीको सफलता : दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउन सुगर बरामद – Kanika Khabar
Thursday, May 15Nepali News Portal

दाङ प्रहरीको सफलता : दाङमा अहिलेसम्मकै ठूलो परिमाणमा ब्राउन सुगर बरामद

    मा प्रकाशित

कनिका खबर
असोज ५, दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले एकपछि अर्को सफलता प्राप्त गर्दै आएको छ ।
दाङमा प्रहरीले अहिलेसम्मकै ठुलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले देउखुरीको अमिलियाबाट ३२५ ग्राम लागुऔषध ब्राउन सुगरसहित नेपालगंज महानगरपालिका–११ भट्टी टोल निवासी ३५ बर्षीय महिन अन्सारीलाइ जनालाई पक्राउ गरेको छ ।
उनलाई प्रहरीले देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक गणेश चन्दले जानकारी दिएका छन् । ‘अमिलियामा लागुऔषध ब्राउन सुगरको कारोवार भैरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो’–प्रहरी उपरीक्षक चन्दले भने–‘उक्त टोलीले जिल्लामा अहिलेसम्मकै ठुलो परिमाणसहित नेपालगंज निवासी महिन अन्सारीलाई पक्राउ गरेको हो ।’ प्रक्राउ परेका अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्