कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा “हिमचितुवा” को निधन – Kanika Khabar
Sunday, July 19Nepali News Portal

कीर्तिमानी पर्वतारोही आङरिता शेर्पा “हिमचितुवा” को निधन

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं
नेपाली पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । ७२ वर्षका शेर्पाको काठमाडौं जोरपाटीस्थित निवासमा आज बिहान १० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । पासाङ ल्हामु फाउण्डेसनका महासचिव छेटु शेर्पाले दिएको जानकारीअनुसार शेर्पाको आज बिहान निधन भएको हो । अन्तिम संस्कार भने एकदुई दिनमा गरिने पनि उहाँले बताउनुभयो । आङ्रिताको पुख्र्यौली घर सोलुखुम्बुको थमो हो । सन् १९८३ देखि सगरमाथा आरोहण थाल्नुभएका आङ्रिता अक्सिजनबिना नै १० पटक सगरमाथाको सफल आरोहरण गर्नुभएको थियो । त्यसैकारण उहाँलाई हिउँ चितुवाको नामले चिनिने गरिएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्