गण्डकी प्रदेशमा ३८ जनामा कोरोना सङ्क्रमण – Kanika Khabar
Thursday, April 18Nepali News Portal

गण्डकी प्रदेशमा ३८ जनामा कोरोना सङ्क्रमण

    मा प्रकाशित

कनिका खबर
असोज ५, पर्वत
गण्डकी प्रदेशका ५ वटा जिल्लामा आज थप ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका १७ जना, बागलुङका १४ जना, कास्कीका ४ जना, स्याङजाका २ जना र गोरखाका १ जनामा कोरोना संक्रमण देखिएको हो । पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको पीसीआर परिक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३४ सय ७७ पुगेको स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो । ढोरपाटन ४ का ३१ वर्षका पुरुष र गोरखा जिल्ला, सिरानचोक ६ का ३३ वर्षका पुरुष गरी २ जना भारतबाट आई क्वारेन्टाइनमा बसेको पाइएको छ । अन्य सबै सङ्क्रमित कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्ति रहेको जानकारी दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्