इलाका स्वास्थ्य चौकीमा सेवा लिने बढ्दै – Kanika Khabar
Thursday, February 13Nepali News Portal

इलाका स्वास्थ्य चौकीमा सेवा लिने बढ्दै

    मा प्रकाशित

दीप्तिशखा चौधरी
दंगीशरण, ५ असोज ।

दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित इलाका स्वास्थ्य चौकी हेकुलीमा स्वास्थ्य चेकजाँच सेवा लिनेमध्ये जनजातिहरुको संख्या धेरै रहेको पाइएको छ ।

दंगीशरण गाउँपालिका जनजातिहरुको बाहुल्यता धेरै भएको गाउँपालिका भएकाले पनि जनजातिहरुको संख्या धेरै देखिन गएको हो । दंगीशरणमा ४५.६५ प्रतिशत जनजातिहरुको बसोबास रहेको तथ्यांकमा उल्लेख छ ।

यसै क्रममा साबिक हेकुलीको पुरानो स्वास्थ्य चौकी हेकुली स्वास्थ्य चौकीमा आउने बिरामी सेवाग्राहीहरु ३, ४ र ५ नं. वडाका धेरै आउने गर्नाले पनि जनजाति सेवाग्राहीको संख्या धेरै हुन गएको ईलाका स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर खत्रीले जानकारी दिए । स्वास्थ्य संस्थाको तथ्यांक अनुसार खोप कार्यक्रमअन्र्तगत जम्मा १ सय ७० जना बालबालिकाले पूर्ण खोप पाएका थिए ।

जसमा १ सय १७ जना जनजातिहरु रहेका छन् भने ३६ जना ब्राह्मण, ११ जना दलित, ६ जना अन्यले पाएका थिए । जातजाति अनुसार कम तौल भएका बालबालिका जम्मा १५ जना रहेका छन् । जसमा जनजाति ९ जना, दलित १, ब्राह्मण क्षेत्री ४ र अन्य १ रहेको स्वास्थ्य शाखाको तथ्यांकमा उल्लेख छ ।

जातजाति अनुसार स्वास्थ्य संस्थामा सुत्केरी भएको संख्या २२ जना रहेको छ । जसमा जनजाति १८ जना, दलित १, ब्राह्मण क्षेत्री २ र अन्य १ रहेका छन् । स्वास्थ्य संस्थामा नयाँ ओपिडी बिरामीको संख्या ६ हजार ७ सय १४ जना रहेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्