अतिक्रमित टहरा हटाइयो – Kanika Khabar
Friday, April 19Nepali News Portal

अतिक्रमित टहरा हटाइयो

    मा प्रकाशित

लमही, ५ असोज ।

राप्ती गाउँपालिका वडा नं. ४ स्थित शान्ति सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएको नयाँ टहरा भत्काइएको छ ।

डिभिवन वन कार्यालय देउखुरी, सव–डिभिजन वन कार्यालय राप्तीको वन कर्मचारीहरुले करिब २ सय व्यक्तिले अतिक्रमण गरी २५ वटा प्लटमा बनाइएको टहरा हटाइएको हो ।

‘हाल सालै नयाँ अतिक्रमण गरिएको क्षेत्र रहेछ । हामीलाई खबर भएपछि टोली पुग्यो र अतिक्रमण क्षेत्रका टहरा हटाइयो’, डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत लालबावु यादवले भने– ‘जग्गाको पुर्जा पाइने लोभले वन क्षेत्र अतिक्रमण गरेको पाइयो ।’

सहायक वन अधिकृत यादव र टंकबहादुर गुरुङ्गको नेतृत्वमा वन कर्मचारीसहित सुरक्षाकर्मी परिचालन भएका थिए । अतिक्रमण गरी बनाइएका टहरामा आगो लगाइएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्