कनिका खबर
असोज ५, दाङ ।
नेपालमा मलको चर्को रुपमा अभाव भएपछि कृषकलाई मल पु¥याउनका लागि सरकारलाई निकै गाह्रो भएको छ । मलको अभाव पूर्ति गर्न नसकेका कारण सरकारले निकै आलोचना पनि खेप्नु परेको छ । यसैबिच बङगलादेशबाट रसायनिक मल नेपाल ल्याउन भारत सरकारले सहयोग गर्ने भएको छ । आज कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुषाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच मन्त्रालयमा भएको भेटवार्तामा राजदूत क्वात्राले सहयोग गर्ने बताएका हुन् ।
बंगलादेशबाट नेपाल सरकारले ५० हजार मेट्रिक टन युरिया मल सापटीमा ल्याउन लाग्दा सबै तर्फबाट सहयोग गर्न भारत तयार रहेको उनले बताए ।