लाइसेन्स, सवारी दर्ता किताब तथा सवारी इजाजत हराएमा सिफारिसका लागि अनलाइन फर्म भर्ने – Kanika Khabar
Thursday, June 19Nepali News Portal

लाइसेन्स, सवारी दर्ता किताब तथा सवारी इजाजत हराएमा सिफारिसका लागि अनलाइन फर्म भर्ने

    मा प्रकाशित

कनिका खबर
असोज ६, दाङ ।
अब सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी इजाजत पत्र हराएमा सिफारिसका लागि अनलाइन फर्म भर्ने व्यवस्था मिलाइएको छ । यसअघि सिफारिका लागि ट्राफिक कार्यालय धाउनु पर्ने व्यवस्था अनिवार्य थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो।

अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सक्नेछन् ।
सेवाग्राहीले अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन्।

सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट traffic.nepalpolice.gov.np मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्