आउने भयो रासायनिक मल : चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन प्रक्रिया सुरु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आउने भयो रासायनिक मल : चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउन प्रक्रिया सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ६, काठमाडौँ ।
लामो समयसम्म रासायनिक मलको अभाव भएपछि सरकारले मल उपलब्ध गराउने प्रक्रिया सुरु गरेको छ । नेपाल सरकारले चिनियाँ बन्दरगाह प्रयोग गरेर रसायनिक मल ल्याउने प्रक्रिया सुरु गरेको हो ।
चीनबाट स्थलमार्ग भएर मल आयात गरी आपूर्तिको सजताबारे परीक्षण गर्न लागिएको हो । तातोपानी र केरुङ नाका प्रयोग गरेर ५ हजार मेट्रिकटन डीएपी मल ल्याउन कृषि समाग्री कम्पनी लिमिटेडले बोलपत्र आह्वान गरेको हो ।
बोलपत्र स्वीकृत भएको बढीमा ७० दिनभित्रै मल धुलिखेल, काठमाडौं र त्रिशुलीको गोदाममा भित्र्याइ सक्ने गरी परीक्षणको रुपमा प्रक्रिया थालिएको कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । चिनियाँ सामुन्द्रिक पोर्ट र स्थलमार्ग भएर नेपालले पहिलोपटक मल ल्याउन प्रयास गरेको कम्पनीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्