कोरोना भाइरसको महामारीको समयमा कैदीबन्दीको अवस्थाबारे अनुगमन सुरु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना भाइरसको महामारीको समयमा कैदीबन्दीको अवस्थाबारे अनुगमन सुरु

    मा प्रकाशित

कनिका खबर
असोज ६, काठमाडौँ ।
राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा कैदीबन्दीको अवस्थाबारे अनुगमन सुरु गरेको छ । आयोगका सदस्य सुदिप पाठक नेतृत्वको टोली हिजोदेखि २५ गतेसम्म सातै प्रदेशका विभिन्न कारागारको अनुगमनमा खटिएको हो । उक्त टोलीमा आयोगको केन्द्रीय कार्यालय र प्रदेश कार्यालयबाट सहसचिव तथा अधिकृत सहभागी भएका आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति मार्फत जानकारी गराउनुभएको छ ।
कोरोना संक्रमणको समयमा उनीहरूले उपचारको पर्याप्त अवसर पाए नपाएको लगायतका विषयमा आयोगले अनुगमन गर्ने अनुगमन टोलीका संयोजक एवम् आयोगका सदस्य सुदिप पाठकले सीआइएनसँग बताउनुभयो । पछिल्लो समय देशका धेरै कारागारमा कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ । कारागारमा रहेका कैदी बन्दीको बाँच्न पाउने अधिकार, स्वास्थ्यको अधिकारप्रति सम्वेदनशील हुन आयोगले सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्