देउखुरीमा समुदाय स्तरमै देखियो कोरोना, वडाध्यक्ष नै सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

देउखुरीमा समुदाय स्तरमै देखियो कोरोना, वडाध्यक्ष नै सङ्क्रमित

    मा प्रकाशित
टेकबहादुर पुन

असाेज ६, दाङ ।

देउखुरीको लमहीमा एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले सोमबार बिज्ञप्ती जारी गर्दै लमही नगरपालिका अन्तरगतका एकजना वडाध्यक्ष सहित ६ जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ ।जसमध्य २ जना समुदाय स्तरका नागरिक हुन् । लमही नगरक्षत्रको समुदाय स्तरमा कोरोना पोजेटिभ देखिएको यो पहिलो घटना हो । लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख लोकराज पौडेलका अनुसार लमही नगरका समुदायमा एकसय ५० जनाको पिसिआर गरिएको छ । ‘समुदाय स्तरमा २ जनामा पोजेटिभ भेटिएको यो पहिलो घटना हो स्वास्थ्य प्रमुख पौडेलले भने-उहाँ दुबैजना लमही नगरपालिका ५ नम्बर वडाबासी हुनुहुन्छ ।’
उनिहरु सँगै लमही नगरपालिका वडा नम्बर ५ कै अर्का १ जनामा पनि पोजेटिभ देखिएको छ । त्यस्तै वडा नम्बर १, ६ र ४ नम्बर वडाका १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो । २ जना समुदाय स्तरका र ४ जना क्वारेनटिनमा रहेका ६ जना सबैको आईतबार पिसिआर गरिएको थियो ।
लमही नगरपालिका स्वास्थ्य शाखाको तथ्याङ्क अनुसार अहिले सम्म लमही नगर क्षत्रमा समुदाय स्तर र क्वारेनटिन गरि एक हजार ८१ जनाको पिसिआर गरिएको छ । जसमध्य ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ भने ३८ जना निको भएर घर फर्किसकेको स्वास्थ्य प्रमुख लोकराज पौडेलले जानकारी दिए । उनका अनुसार नगरक्षत्र अन्तरगत रहेको एकमात्र क्वारेनटिनमा अझै २० जना नागरिक छन् ।

नगरपालिका सहित सम्बन्धित वडा कार्यालय बन्द

लमही नगरक्षेत्रमा वडाध्यक्ष नै सङ्क्रमित भएपछी नगरपालिका र सम्बन्धित वडा कार्यालय ७ दिनका लागि सिल गरिएको छ ।

नगरक्षेत्रको समुदायमै कोरोना पोजेटिभ भेटिएपछी सम्बन्धित वडा कार्यालय र नगरपालिका ७ दिनका लागि बन्द गरिएको लमही नगर प्रमुख कुल बहादुर केसीले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै नगरपालिका स्तरिय कर्मचारीको आन्तरिक काम चाहीँ हुन्छ, सेवाग्राही प्रबेशमा रोक लगाईएको छ । असोज १२ गते सम्म ७ दिनका लागि सम्बन्धित वडा कार्यालय सहित नगरपालिका बन्द गरिएको नगरप्रमुख केसीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्