केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

केन्द्रीय कारागारका कैदीको शंकास्पद मृत्यु, हत्या भएको परिवारको दावी

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका राम लखन जैसवालको मृत्यु भएको छ । शनिबार उपचारको क्रममा वीर अस्पतालमा ज्यान गुमाएका ६३ वषैका जैसवालको हत्या भएको परिवारले दावी गरेका हो । तर, जेल प्रशासनले उपचारको क्रममा स्वाभाविक मृत्यु भएको जनाएको छ । दीर्घरोगी भएकाले स्वास्थ्य समस्या भएपछि शनिवार राति पौने १० बजे अस्पताल लगेर भर्ना गरेको करिब २५ मिनेटमा मृत्यु भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिनुभयो । रुपन्देहीको सिद्धार्थ नगरपालिका–५ घर भएका राम लखनको मृत्युपछि परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ रिपोर्ट आएको छ । कोरोना पोजेटिभ भएका व्यक्तिको शव आफन्तले दाहासंस्कार गर्न नपाउने कार्यविधि अनुसार कारागारले परिवारलाई शव दिएको छैन । तर, परिवारले हत्या भएको दावी गर्दै छानविनको माग गरेका छन् । वुवाको हत्या भएकाले छानविन हुनुपर्ने मृतकका आफन्तले बताएका छन् । घाँटी र टाउकोमा चोट लागेकाले स्वभाविक मृत्यु नभएको उनिहरुको भनाइ छ । पूर्व जनप्रतिनिधि समेत रहेका जैसवाल कर्तव्य ज्यान मुद्धामा ८ वर्षदेखि जेलमा थिए । असोज २२ मा उनी जेलमुक्त हुँदै थिए । कोरोना संक्रमण भएको भन्दै परिवारलाई शव हेर्न नदिएपछि आज मृतक जैसवालको छोरी रश्मि नर्सको परिचय दिएर शवगृहमा पुग्नुभएको थियो । मास्क लगाएर राखिएको रक्ताम्य शव देखेपछि उहाँले भिडियो खिच्नुभएको थियो । कारागार प्रशासनले परिवारलाई कोरोनाको कारण मृत्यु भएको भन्दै खबर गरेपछि परिवारका सदस्य काठमाडौं आएका थिए । शवको भिडियो बनाएको भन्दै प्रहरीले रश्मिलाई लाठीले हिर्काएको छ । प्रहरीको लाठीबाट उनको हात भाँचिएको छ । अहिले वीर अस्पतालमै उनको हातको उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्