१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी – Kanika Khabar
Friday, April 19Nepali News Portal

१६ वर्ष उमेर समूहमा मानसिक समस्या बढी

    मा प्रकाशित

कनिका खबर
काठमाडौं ६ असोज
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको एक सर्वेक्षणले १६ वर्षका उमेर समूहका सात दशमलव सात प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको देखाएको छ । परिषद्ले राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सार्वजनिक गर्दै किशोरीमा पाँच दशमलव तीन प्रतिशत र किशोरमा पाँच प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको देखिएको जनाएको हो । प्रदेशतगत विवरण हेर्दा सबैभन्दा बढी प्रदेश एकका किशोरकिशोरीमा मानसिक समस्या ११ दशम्लव चार प्रतिशत रहेको सर्वेक्षणमा भनिएको छ । सर्वेक्षणले पाँच दशमलव दुई प्रतिशत किशोरकिशोरी मानसिक समस्या रहेको, शून्य दशमलव प्रतिशत किशोरकिशोरीमा उदासिनता, तीन दशमलव नौ प्रतिशत किशोरकिशोरीमा हालको अवस्थामा आत्महत्याको सोच रहेको उल्लेख गरेको छ । सर्वेक्षणमा आएको परिणाम अनुसार १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै समयमा र चार दशमलव तीन प्रतिशत वयस्कमा हालको अवस्थामा पनि मानसिक समस्या रहेको पाइएको छ । त्यसैगरी ६ दशमलव पाँच प्रतिशत वयस्कमा हालको अवस्थामा आत्महत्याको सोच रहेको र एक दशमलव एक प्रतिशत वयस्कले आफ्नो जीवनकालमा आत्महत्याको प्रयास गरेको पाइएको छ । प्रदेशगत विवरण हेर्दा वाग्मती प्रदेशको वयस्कमा सबैभन्दा धेरै अर्थात पाँच दशमलव नौ प्रतिशतमा हालमा मानिसमा समस्या रहेको देखिएको छ । वयस्क उमेर समूहभित्रका महिला र पुरुषको तुलना गरेर हेर्दा पाँच दशमलव नौ प्रतिशत महिलामा र तीन दशमलव चार प्रतिशत पुरुषमा मानसिक समस्या रहेको पाइएको छ । परिषदले जनवरी २०१९ देखि जनवरी २०२० सम्म नेपालका सातै प्रदेशमा गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा जम्मा १५ हजार ८८ जनामा सर्वेक्षण गरिएको थियो । सर्वेक्षण अनुसार २३ प्रतिशत वयस्कले आफूमा लक्षण देखिएपश्चात चिकित्सक वा अन्य व्यक्तिसँग सहयोग मागेको देखिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्