मध्यपहाडी लोकमार्ग पहिरोले अबरुद्ध – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

मध्यपहाडी लोकमार्ग पहिरोले अबरुद्ध

    मा प्रकाशित

कनिका खबर
असोज ७, पर्वत
निरन्तरको वर्षापछि पहिरो झरेपछि मध्यपहाडी लोकमार्ग अबरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा पहिरो झर्दा हिजो साँझ ८ बजेदेखी लोकमार्ग अबरुद्ध भएको हो । सडक अबरुद्ध हुँदा देशका विभिन्न ठाउँबाट बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा जाने आउने सवारी साधान रातभर बाटोमै अलपत्र परेका छन् । ठूलो पहिरो खसेको र निरन्तर पहिरो झरिरहेकाले पन्छाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । हिजो दिउँसो देखि निरन्तर रुपमा वर्षा भैरहेको छ । वर्षाकै कारण सडकमा पहिरो झरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले बताउनुभयो । स्तरोन्नती भैरहेको मध्यपहाडी लोकमार्गमा दैनिक रुपमा पहिरो झरेर समस्या हुँदै आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्