सडकमा भ्रष्टाचार : रकम हिनामिना भएपछि अख्तियारमा मुद्दा – Kanika Khabar
Sunday, July 19Nepali News Portal

सडकमा भ्रष्टाचार : रकम हिनामिना भएपछि अख्तियारमा मुद्दा

    मा प्रकाशित

सुमन मल्ल
असोज ७, मुगु ।
छायानाथ रारा नगरपालिका वडा नम्बर १४ मा कच्ची सडक निर्माणका लागि आएको बजेट उपभोक्ता समितिले हिनामिना गरेको भन्दै स्थानीयवासीले अख्तियारमा मुद्दा दर्ता गराएका छन् ।
प्रदेश सरकार र जनश्रमदान गरी जम्मा ३६ लाख बरावरको रकम उपभोक्ता समितिले किर्ते हस्ताक्षर गरि हिनामिना गरेको पाईएपछि अख्तियारमा मुद्दा दिनु पर्ने बाध्यता आएको छायानाथ रारा नगरपालिका वडा नं १४ बामका स्थानीय रामराज बुढाले बताए ।
दक्ष ज्यामी खर्चर ज्यामी साधारण खर्च २६ लाख ३१ हजार , सुचना बोर्डमा ५ हजार ५ सय र छापमा ५ सय रुपैँया गरी जम्मा ३६ लाख ६० हजार रकम हिनामिना गरेको पाईएपछि आज जिल्ला प्रशासन कार्यालय मुगुमा मुद्दा दर्ता गरिएको रामराज बुढाले जानकारी दिनु भएको छ ।नगरपालिका वडा नम्बर १४ बाममा चंखेली कच्ची सडक निर्माणका लागि कर्णाली प्रदेश संग २८ लाख ८० हजारको सम्झौता भई जनश्रमदान बाट ३ सय १८ घरधुरीले चार दिन काम गर्दा १ हजार २ सय ७२ दिनु पर्नेमा उपभोक्ता समितिले १ हजार ६ सय ५० दिनको हाजिर गरेका र कन्टेन्जेन्सी खर्च १ लाख १५ हजार २ सय, योजनाको सर्भे तथा सडक निर्माण समिति खाना खर्च १ लाख ५० हजार , स्टेशनरी खर्च १५ हजार र समितीको गमगढी र गाउँ आवतजावतमा २१ हजार , धरौटी खर्च २ लाख ९ हजार ३ सय खर्च कागजमा उल्लेख गरेको स्थानीय युवाहरुले दावी गरेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्