कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना पुष्टि, ४५७ जना डिस्चार्ज र १७ जनाको मृत्यु – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा १४९७ जनामा कोरोना पुष्टि, ४५७ जना डिस्चार्ज र १७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । आज बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।
साथै बितेको २४ घण्टामा १७ कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५३ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्