मा प्रकाशित
कनिका खबर
असोज ८, दाङ ।
पाल्पामा पहिरोले घर पुरिदा एक परिवारका ५ जना सहित ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका २ फोक्सिङकोट,बेलौजाका ६० बर्षिय हुम बहादुर गाहा सहित उनकी श्रीमती, छोरी, नातिनीहरु नातिनी बेपत्ता भएको स्थानीय शिक्षक एवत सारुले जानकारी दिए । अहिले खोजीको लागि स्थानीय युवाहरु जुटेका छन् । गाउँपालिकाका अध्यक्ष बिष्णु भण्डारीका अनुसार सोही वडाको सुरुङडाडामा पहिरोले घर परिँदा एक महिला समेत बेपत्ता भएकी छन् ।